© २०२३
काठमाडौं, ३१ वैशाख । कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् । उनले प्रदेशसभामा बहुमत ५७ मत पाएका हुन् ।
कार्कीलाई नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, नेकपा एसका ३ र जनता समाजवादी पार्टीका १ सांसदले मत दिएका हुन् ।
कोशीमा ९३ सदस्यीय प्रदेशसभा छ । विश्वासको मतका लागि ४७ मत आवश्यक पर्दछ ।