© २०२३
काठमाडौं, ३१ वैशाख । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका हुन् ।
यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमा मै रहेर सहकार्यलाई निरन्तरता दिन नसकिने भएको हुँदा राजीनामा दिएको उल्लेख गरेका छन् । तर, उपेन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको या नलिएको केही उल्लेख गरेका छैनन् ।