© २०२३
काठमाडौं, ३१ वैशाख । जनता समाजवादी पार्टी, नेपाल सरकारबाट हट्ने भएको छ । उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल फुटेपछि सरकारबाट हट्ने भएको हो । अब जसपा, नेपाल फुटविरुद्ध अदालती प्रक्रियामा जाने भएको छ ।
जसपा कार्यकारिणी बैठकले मंगलबार अबेर सरकारबाट फिर्ता हुने निर्णय लिएको हो । यसको औपचारिक जानकारी सोमबार नै गराइने बुझिएको छ ।
जसपा, नेपालले सरकार छाडेपनि प्रचण्डको साथमा बहुमत रहने नै छ । तर, सरकार अप्ठ्यारोमा पर्दै गएको छ ।
नेकपा एस र अर्को कुनै सानो घटकले सरकार छाडेमा अल्पमतमा पर्नेछ । यस हिसाबले प्रचण्ड सरकारको आयु लामो नरहेको विश्लेषण गरिएको छ ।
जसपा, नेपाल विभाजन भएसँगै साना दल आत्तिएका छन् । यसले नयाँ राजनीतिक घटनाक्रम विकास भएको छ ।