© २०२३
काठमाडौं, ३० वैशाख । मधेश प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । प्रदेश सरकारमा माओवादीका दुई मन्त्रीले राजीनामा बुझाएका छन् ।
माओवादीले सरकार छाडेपछि मधेश सरकार अल्पमतमा परेको छ । अब सरकार ढल्ने निश्चितप्रायः भएको छ ।
मधेश प्रदेशबाट माओवादकिा मन्त्रीहरु भरत प्रसाद शाह र युवराज भट्टराईले राजीनामा दिएका छन् ।
मधेश प्रदेशमा जसपा, नेपालका सरोज यादव मुख्यमन्त्री छन् । उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल फुटेपछि प्रदेश सरकारमा कम्पन आएको हो । यसको असर केन्द्र सरकारमा पनि पर्ने देखिएको छ ।