© २०२३
काठमाडौं, ३० वैशाख । नेपालका कामिरिती शेर्पाले २९औं पटक सगरमाथा आरोहण गरेर नयाँ किर्तिमान बनाएका छन् । यो उनको आफ्नै किर्तिमान तोडेर बनाएको नयाँ किर्तिमान हो ।
शेर्पाले आइतबार विहान २९ औं पटक सगरमाथाको सफल आरोहण गरेका हुन् ।
सेभेन समिट ट्रेक्सले कामिरिता विहान ७ बजेर २५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको जनाएको छ ।
कामिरिताले ३० वर्षयता सगरमाथा आरोहण गर्दै आएका छन् ।