© २०२३
काठमाडौं, २८ वैशाख । सगरमाथा आरोहरणको लागि मार्ग तयार गर्ने १० जनाको टोली चुचुरोमा पुगेका छन् । वसन्त ऋतुमा सगरमाथा आरोहरणका लागि शेर्पा टोलीले मार्ग तयार गरी चुचुरोसम्म यात्रा तय गरेका हुन् ।
सगरमाथाको चुचुरोमा पुग्ने शेर्पा समूहमा डेन्डी शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, पेम्बा टासी शेर्पा, लाक्पा शेर्पा, दावा दोर्जी शेर्पा, सुकबहादुर तामाङ, नामग्याल दोर्जे तामाङ र लाक्पा रिन्जी शेर्पा छन् ।
यसपालीको वसन्त ऋतुमा ४१ समूहबाट ४ सय १४ आरोहीले सगरमाथा चढ्ने अनुमति लिएका छन् । उनीहरुमध्ये पहिलो टोली सगरमाथा पुगेको छ । पर्यटन विभागका अनुसार सगरमाथा चढ्न बाटो खुलेको जनाएको छ ।-Photo Source: Hemant Albert Soreng