© २०२३
काठमाडौं, २७ वैशाख । सपना बेच्न माहिर छन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । उनले कुनैबेला महाकाली सन्धी गर्न भएभरको बल लगाए । संसदबाट पारित गराउन त पार्टी फोड्ने सम्मको हदमा बढाए आफूलाई । महाकाली सन्धीपछि बन्ने परियोजनाले देशलाई खरबौं दिलाउने गफ दिए । तर, त्यो गफमै सिमित भयो । ओली नेताका रुपमा स्थापित भए त्यही घटनाले तर देशले केही पाएन । महाकालीको पानी सन्धीपछिको साँढे दुई दशक पनि बगेको बग्यै छ ।
ओलीले विगतमा अचानक कालापानी, लिपुलेक र लिम्पियाधुरा समेतको चुच्चे नक्शा जारी गर्न भूमिका खेले । त्यतिबेला उनी प्रधानमन्त्री थिए ।
ओली पछिल्लो समय अचानक यु टर्न भएका छन् । भारतमा भारतीय जनता पार्टी सत्तामा आएपछि ओली यु टर्न भएर भारतविरोधी अभिव्यक्ति र गतिविधिमा लागिरहेका छन् ।
अयोध्यामा नरेन्द्र मोदीको पहलमा राम मन्दिर बनिरहँदा उनले ठोरीमा राम जन्मिएको भन्दै फण्डा निकाले । ठोरीमा राम मन्दिर निर्माण बढाए ।
अहिले भारतमा चुनाव चलिरहँदा ओलीले चुच्चे नक्शा सयको नोटमा निकाल्न दबाब दिए । प्रचण्ड सरकारले क्याबिनेटबाट यसलाई पारित गरेको छ । यसमा पनि ओलीकै फण्डा छ । चुच्चे नक्शा सयको नोटमा राख्ने निर्णयप्रति भारतले आपत्ति जनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार तथा पूर्व गभर्नर चिरञ्जिवी नेपालले यो उपयुक्त समय होइन भनी आलोचना गरे ।
ओलीले फण्डा निकालिइरहँदा एक्टिभहरु समेत रियाक्टिभ हुन थालेका छन् । उनले सस्तो लोकप्रीयताका लागि मुद्दा उठाउने तर त्यसलाई कार्यान्वयन नगर्ने गर्दै आएका छन् । महाकाली सन्धीमा पनि उनले ठूलै सपना बाँडे तर पूरा गरेनन् ।
चुच्चे नक्शामा पनि उनले रणनीतिक लाभ मात्र लिइरहेका छन् । त्यसको जस आफूले लिने र अपजसको भारी अरुलाई बोकाइरहेका छन् । ओलीको यही फण्डामा प्रचण्ड, राजेन्द्र लिङ्देन मात्र नभई नयाँ शक्तिका रुपमा उदाएका रवि लामिछानेहरु पनि फस्दै गएका छन् ।