© २०२३
काठमाडौं, २५ वैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री बन्ने योजनामा बढ्दा पार्टी नै फुटेको खुलेको छ । उनी प्रधानमन्त्री बन्न रणनीतिक दाउपेचका साथ बढेका थिए । त्यही भेउ पाएर उनको पार्टी फुटाउने डिजाइन भित्र भित्र भयो ।
उपेन्द्र यादव प्रचण्ड सरकार ढाल्ने योजनामा लागेका थिए । माधव नेपालसँग यसका लागि मिलेर बढे । तर, यादव नेतृत्वको जसपा फुट्यो त्यो पनि उनी विदेशमा रहँदा ।
यादव यतिबेला पाँचजना सांसदमा सिमित छन् । योसँगै उनको प्रधानमन्त्री बन्ने सपना पनि चकनाचुर भएको छ । मधेशको मुद्दाभन्दा व्यक्तिगत र पारिवारिक स्वार्थमा रुमल्लिदा यादवलाई धक्का लागेको छ । अब उनलाई फेरि पहिलेकै शक्तिमा फर्कन कठिन हुने देखिएको छ ।