प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली सरकारको निर्णयविरूद्ध रिट लिएर सर्वोच्च गए कुलमान हितेन्द्रदेव शाक्य पनि अदालतमा राष्ट्रिय सभाको बैठक पनि स्थगित प्रतिनिधिसभामा विपक्षीको अवरोधपछि भोलिसम्मका लागि बैठक स्थगित भन्सारसम्बन्धी कानून संशोधन र एकीकरण गर्ने विधेयक समितिबाट पारित सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छः सभापति देउवा बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी ऊर्जामन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन प्रधानमन्त्री कपः अपराजित रहँदै पुलिस एक खेल अगावै फाइनलमा कुलमानबारे पुनर्विचार गर्न कांग्रेस सांसदको प्रस्ताव ओली, प्रचण्ड र देउवाबिच आज छलफल हुँदै पिएम कपमा आज तीन खेल हुँदै कस्तो रहला आजको मौसम ?

जसपा विभाजनले औपचारिकता पाउन नसक्ने

२४ बैशाख २०८१, सोमबार

काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टी फुटाएर निर्वाचन आयोगमा नया दल दर्ताको निवेदन दिएको अशोक राई समूहले सफलता हात नलाग्ने देखिएको छ । यो समूहलाई पार्टी फुटाएको घोषणा गरेको भोलिपल्टबाट नै धक्का लागेको छ । विभाजन गर्ने समूहमा नाम उल्लेख गरिएका वन राज्यमन्त्री दिपक कार्कीले आफू उपेन्द्र यादव नेतृत्वको संस्थापन पक्षमै रहेको स्पष्ट पारेका छन् ।

कार्कीको सचिवालय विज्ञप्ति जारी गरी आफू विभाजनको विपक्षमा रहेको सोमबार उल्लेख गरेका छन् । योसँगै अब विभाजन गर्ने समूहमा संख्या घटेर ६ मा सिमित भएको छ ।

अर्कोतर्फ, दल विभाजनसम्बन्धी अध्यादेश विगतमा नै खारेज भइसकेको छ । संसदको अधिवेशन आव्हान पनि भइसकेको अवस्था छ । यस अवस्थामा नयाँ अध्यादेश पनि जारी गर्न मिल्दैन । जसपा विभाजन गर्न यसकारण पनि नमिल्ने तर्क उपेन्द्र यादव पक्षधर प्रवक्ता मनिष सुमनले विज्ञप्तिमार्फत् उल्लेख गरेका छन् ।

राष्ट्रिय सभाका सासद समेत जोड्ने हो भने अशोक राई पक्षधरलाई पार्टी विभाजन गर्न आवश्यक संख्या पुग्दैन । अर्कोतर्फ, केन्द्रीय कार्यसमितिमा पनि संख्या नपुग्न सक्छ ।
जसपा विभाजनले औपचारिक रुप लिन कठिन छ । यद्यपि, जसपा विभाजन गर्ने अशोक राई, वीरेन्द्र महतो, प्रदीप यादव, नवलकिशोर साहलगायतको सांसद पद के हुने भन्ने विषय महत्वपूर्ण बनेको छ ।