© २०२३
काठमाडौं, २४ वैशाख । यतिबेला भारतमा लोकसभा चुनाव चलिरहेको छ । ठिक यही बेलामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दबाबमा प्रचण्ड नेतृत्वको सरकारले क्याबिनेटबाट कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको नेपालको नक्शालाई एक सयको नोटमा समावेश गर्ने निर्णय गरेको छ ।
यो घटनालाई कतिपयले ओलीले चुच्चे नक्शालाई राजनीतिक फण्डावाजीमै सिमित पारेको भन्न थालेका छन् जब कि जनगणना हुँदा कालापानी, लिपुलेक र लिम्पियाधुरामा पनि जनसंख्याको गणना गर्नेतर्फ पहल भएन ।
ओलीले चुच्चे नक्शालाई नै राजनीतिक मुद्दा बनाएर सेन्टिमेन्ट जित्न खोजेका छन् । कूटनीतिक पहल या दबाबमा गुमेको भूमि फिर्ता गर्ने भन्दा बलियो छिमेकीसँग जोरी खोजेर समस्याहरु बल्झाउने गतिविधि गर्न थालेको विश्लेषण भइरहेको छ अहिले ।