© २०२३
काठमाडौं, २३ वैशाख । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने बलात्कारको मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषी ठहर गरेकोपछि पुनरावेदनका लागि उच्च अदालत पाटन पुगे । तर, उनले हालेको पुनरावेदन मुद्दाको सुनुवाई आइतबार हुँदैछ ।
मुद्दाको फैसला विश्वकप टोली छनोट अघि नै हुनेमा सन्दीप आशावादी थिए । अब चाँडै फैसला हुने देखिएको छ ।
सन्दीप दोषी ठहर भएपनि बलात्कारको आरोप लगाउने महिला १८ वर्ष मुनी नरहेको ठहर अदालतको छ । अब पुनरावेदन हुँदा यो घटनामा करणी हो होइन र भएको भए षड्यन्त्र पनि भएको थियो या थिएन भन्ने विषय पनि गम्भीर बनेको छ । त्यसैले यो मुद्दामा के होला भन्ने चासो देखिएको छ ।