© २०२३
काठमाडौं, २१ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार साँझ विश्वासको मत लिन सक्लान् कि नसक्लान् ? चासो बनेको छ । यो विषय केन्द्र सरकार टिक्ने कि नटिक्ने विषयसँग पनि जोडिएको छ ।
सोडारी नेतृत्वको सरकार ढलेमा केन्द्र सरकार हल्लिनेछ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसबाट मुख्यमन्त्री बनेका सोडारीको विषय एमालेका लागि पनि पेचिलो छ । एस केन्द्र सरकारमा छ । एस प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोजिरहेको छ ।
माधव नेपाल सरकार ढाल्न सक्रिय छन् । उनी केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेलाई बाहिर राखेर आफै प्रधानमन्त्री बन्न सक्रिय छन् । यसका लागि उपयुक्त मौका खोजिरहेका छन् ।
सुदूरपश्चिम सरकार ढलेमा एस सत्ताबाट बाहिरिनसक्छ । त्यतिबेला नयाँ परिस्थिति निर्माण हुनसक्छ ।