© २०२३
काठमाडौं, २० वैशाख । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने निकै पीडामा छन् । उनी गम्भीर मुद्दा झेलिरहेका छन् । अर्कोतर्फ, विश्वकप क्रिकेट खेल्न नपाउने भएका छन् ।
सन्दीपले बुधबार कडा आक्रोश पोख्दै आफूलाई बलात्कारको घटनामा फसाइएको भन्दै त्यसमा संलग्नहरुबारे खुलासा गर्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै एक एकको पोल खोल्ने चेतावनी दिएका हुन् ।
विश्वकप खेल्ने टोलीको नाम घोषणालगत्तै सन्दीपले आक्रोश पोख्दै सम्मानित अदालतको फैसलाको सम्मान गर्ने तर आफूलाई फसाउनेहरुको नाम चाँडै सार्वजनिक गर्ने बताएका हुन् ।
उनले भनेका छन्, म सम्मानित अदालतको आदेशको सम्मान गर्छु तर यो बाचा पनि गर्छु कि यो षड्यन्त्रमा सहभागी एक एक व्यक्तिको पोल खोल्छु ।
विश्वकप खेल्ने टिमको घोषणा अघि नै आफ्नो मुद्दाको फैसला हुनेमा सन्दीप आशावादी थिए । तर, पेशी सार्दै लगेर फैसला पछि धकेलिएको छ ।
सन्दीपमाथि एक युवतीले बलात्कारको आरोप लगाएपछि अदालतले उनलाई दोषी ठहर गरेको छ । तर, युवतीको उमेरको विषयमा भने अझै स्पष्ट भएको छैन ।