© २०२३
काठमाडौं, १९ वैशाख । देशका विभिन्न स्थानमा नयाँ सुरुङमार्ग र फ्लाइओभर बन्ने भएको छ । यसलाई नयाँ फड्को मानिएको छ ।
त्यसो त देशमा भौतिक विकासले गति लिदै गएको छ । योसँगै नयाँ नयाँ प्रविधि समेत अपनाइएको छ ।
देशमा सुरुङमार्गहरु धमाधम बनिरहेका छन् । यसले यात्रा सजिलो र छिटो बनाइदिएको छ ।
पहाडी क्षेत्रमा सुरुङमार्गको विशेष महत्व देखिएको छ ।
ट्राफिक जाम बढी हुने स्थानमा पनि फ्लाइओभर र सुरुङ निर्माण गर्ने क्रम बढेको छ । ग्वार्कोमा फ्लाइओभर अन्तिम चरणमा पुगेको छ । यो नेपालकै पहिलो हो ।
अब तीनकुन जडिबुटी क्षेत्रमा पनि सुरुङमार्ग र फ्लाइओभर निर्माण हुने भएको छ । यसका लागि जाइकाले सहुलियतपूर्ण ऋण दिने भएको छ ।
सातदोबाटो र एकान्तकुनामा अन्डरपास निर्माण हुने भएको छ । यसका लागि प्रक्रिया बढेको छ । कलंकीमा अन्डरपास निर्माण भइसकेको छ ।