© २०२३
काठमाडौं, १९ वैशाख । देशका विभिन्न स्थानमा सुख्खायामसँगै आगलागी र डढेलोको घटना बढेको छ । यसबाट जनधनको क्षति भएको छ ।
काठमाडौं उपत्यका वरपरका जिल्ला मात्र नभई तराईका जिल्ला र पहाडी क्षेत्रमा आगलागी बढेको हो ।
आगलागीका कारण देशभरको वातावरण प्रदूषित भएको छ । विगत केही दिनयता काठमाडौं विश्वकै प्रदूषित शहर बन्दै आएको छ ।
ललितपुरको गोदावरी नगरपालिकाको तपेश्वर सामुदायिक बनमा डढेलो लागेको छ । डढेलो अझै नियन्त्रणमा आएको छैन । आगो निभाउन गएका रमेश पहरीको उपचारको क्रममा मृत्यु भएको छ ।
रोशी गाउँपालिकामा आगलागी हुँदा १५ घर नष्ट भएका छन् । रुपन्देहीमा पनि आगलागीबाट एक सय घर नष्ट भएको छ ।
सप्तरीको महदेवा गाउँपालिकाको चिम्टीमा आगलागीमा परी सयभन्दा बढी घर जलेका छन् । सर्लाहीको धनकौल गाउँपालिकामा पनि आगलागीबाट ७ घर जलेका छन् ।