© २०२३
काठमाडौं, १८ वैशाख । नेपालमा विरासतको राजनीति चल्दै आएको छ । राजनीतिमा वंशवादले राजतन्त्रकै शैली अपनाउन थालेको छ । राजतन्त्रमा राजाको मृत्युपछि उनका छोरा राजा हुने परम्परा थियो । दलहरुमा पनि नेता मरेपछि उनकै सन्तानलाई टिकट दिने र जिताउने प्रवृत्ति हावी भएको छ ।
यस्तै भएको छ उपनिर्वाचनमा । इलाम २ मा सुभाषचन्द्र नेम्वाङको निधनपछि उनका छोरा सुहाङ नेम्वाङले टिकट पाएर जितेका छन् ।
बझाङ १ प्रदेशसभा १ मा भने अभिषेकबहादुर सिंहले झीनो मतले चुनाव हारेका छन् । नेपाली काँग्रेसका सिंह बाबुको निधनपछि रिक्त प्रदेशसभा सिटमा टिकट पाउन सफल भएका थिए ।