भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली सरकारको निर्णयविरूद्ध रिट लिएर सर्वोच्च गए कुलमान हितेन्द्रदेव शाक्य पनि अदालतमा राष्ट्रिय सभाको बैठक पनि स्थगित प्रतिनिधिसभामा विपक्षीको अवरोधपछि भोलिसम्मका लागि बैठक स्थगित भन्सारसम्बन्धी कानून संशोधन र एकीकरण गर्ने विधेयक समितिबाट पारित सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय

माओवादी अध्यक्ष प्रचण्डद्वारा काँग्रेस, एमालेलाई भ्रष्टाचारीको संज्ञा, ठेगान लगाउने चेतावनी

२ फाल्गुन २०८१, शुक्रबार

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेस र नेकपा (एमाले) लाई ‘भ्रष्टाचारी’ को संज्ञा दिँदै ती दलहरूलाई सडक, सदन, र स्थानीय तहमा पार्टीको प्रभाव विस्तार गरी ठेगान लगाइने चेतावनी दिएका छन्।

दोलखाको जिरीमा आयोजित ‘३०औं जनयुद्ध दिवस तथा नगरसम्मेलन’ मा सम्बोधन गर्दै उनले कांग्रेस र एमालेले संविधान संशोधनको नाममा जनताको उपलब्धि मास्ने षड्यन्त्र गरिरहेको आरोप लगाए। उनले भने, “चारैतिरबाट घेरा हालेर संविधान च्यात्न सकिन्छ कि भन्नेमा छन्। तर, जनताले पाएका अधिकारहरूलाई जोगाउँदै थप अधिकार सुनिश्चित गर्नुपर्छ। स्थिरता खोज्ने हो भने पुरानो निर्वाचन प्रणाली र शासन व्यवस्थाबाट सम्भव छैन।”

प्रचण्डले संविधान संशोधनको वास्तविक चाहना माओवादी केन्द्रको रहेको दाबी गर्दै कांग्रेस र एमालेले केवल सरकार बनाउने र आफ्ना स्वार्थपूर्ति गर्ने खेल खेलिरहेको आरोप लगाए। “कांग्रेस र एमालेको चासो संविधान सुधार गर्ने होइन, च्यात्ने हो। संविधानमा गरीब, श्रमिक, र उत्पीडित वर्गको अनुहार देखिन्छ, जुन उनीहरूलाई मन परेको छैन,” उनले भने।

उनले माओवादी केन्द्रले अब जनताको साथ लिएर शान्तिपूर्ण रूपमा सशक्त अभियान सञ्चालन गर्ने बताए। “अहिले भूमिगत हुने वा हतियार उठाउने अवस्था छैन। तर, सडक र सदनमार्फत प्रतिकार गर्नेछौं। माओवादीले जितेका १२३ स्थानीय सरकारमार्फत पनि भ्रष्टाचारीहरूलाई ठेगान लगाउनेछौं,” प्रचण्डले जोड दिए।

देशभर जनताले माओवादी केन्द्रलाई पुनः विश्वास गर्न थालेको उनको दाबी छ। “गुल्मी हुँदै बागमती र झापा जाँदैछु। जहाँ गए पनि जनताको समर्थन बढेको छ। बुद्धिजीवी, पत्रकार, नागरिक समाजका अगुवाहरूले ‘प्रचण्डलाई चिन्न ढिलो भयो’ भन्न थालेका छन्। यसले मलाई झनै ऊर्जा दिएको छ। अब यी भ्रष्टाचारीविरुद्ध अन्तिम लडाइँ लड्नेछु,” उनले भने।

प्रचण्डले हालै सम्पन्न उपनिर्वाचनको नतिजाले माओवादीको लोकप्रियता बढिरहेको प्रमाणित गरेको दाबी गरे। “एमाले–कांग्रेसले गठबन्धन गरी चुनाव लड्दा पनि माओवादी कोशी प्रदेशमा पहिलो भयो, देशभर दोस्रो स्थानमा उक्लियो। अब २०८४ को निर्वाचनमा हामी कांग्रेस र एमालेसँग कुनै गठबन्धन गर्ने छैनौं। जनताको काखमा बसेर बलियो बन्छौं,” उनले स्पष्ट पारे।

उनले माओवादीलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै पार्टी कार्यकर्तालाई सतर्क रहन आग्रह गरे। “माओवादीको उकालो यात्रा सुरु भइसकेको छ। हामीलाई पाखा लगाउने षड्यन्त्र परास्त गर्नुपर्छ,प्रचण्डले भने ।