भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर छैन : सांसद केसी केआइआइटीमा दोहोरिएको रहस्यमय घटनाबारे राष्ट्रियसभामा सत्यतथ्य छानबिनको माग गेटा मेडिकल कलेजको उपकरण खरिद प्रक्रियामाथि प्रश्न: पारदर्शिता र नियमन आवश्यक नेपालको हवाई सुरक्षामा नयाँ युगको आरम्भ : मन्त्री पाण्डेद्वारा प्रणाली सुदृढीकरणमा जोड बुद्धका शिक्षालाई विश्वभर फैलाउन लुम्बिनीबाट प्रधानमन्त्रीको उद्घोष गठबन्धन सरकारमा कांग्रेसको हिस्सा माग: गभर्नर पद कांग्रेसलाई दिनुपर्ने  प्रवक्ता महतको सुझाव ११ वर्षपछि त्रिचन्द्रमा नेविसंघ इकाइ गठन, बाजुराका अमृत शाही बने अध्यक्ष शिक्षा ऐन चाँडै आउँछ : प्रधानमन्त्री ओली प्रदूषणबारे सरकारले थाल्यो विज्ञसँग छलफल कार्यवाहक प्रधानमन्त्रीले शिक्षा विधेयकबारे सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्रीको सम्बोधनः मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक प्रधाानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबिच भेटवार्ता कुलमान र हितेन्द्रदेवको रिटमाथिको सुनुवाइ सकियो, आदेश आजै आउने ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छः विश्वप्रकाश शर्मा नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर स्वतन्त्रताका नाममा हुने हिंसा, आगजनी र लुटपाट सधैँ निषेधितः राष्ट्रपति पौडेल मेडिकल राहत लिएर नेपाली सेनाको टोली भूकम्प प्रभावित म्यानमार प्रस्थान ई. जीवन तिमिल्सैनाको नेतृत्वमा बेथीतिबिरुद्व (3D-1C) मोडल सार्वजनिक प्रधानमन्त्री ओली थाइल्यान्डमा सांसद दीपक बोहराको निधनमा संसद्‌बाट शोक प्रस्ताव पारित तीनकुने घटनामा अराजक गतिविधि गर्ने थप १८ जना पक्राउ तने बोडीमा अत्यधिक विषादी भेटियो अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई बेपत्ता तथा देश निकाला गरिएकोमा आपत्ति प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड प्रस्थान मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक संघीयता खारेजी र हिन्दू राष्ट्र माग गर्दै बझाङमा राप्रपाको प्रदर्शन सुरेशको परिवारलाई प्रधानमन्त्रीको वचन- दोषीलाई कारवाही हुन्छ, धर्मपत्नीलाई रोजगारीको व्यवस्था मिलाउँछौं रविले भने-पार्टीभित्र भारी फेरबदल र पुनःसंरचना गर्छु, तयार रहनुस् कोटेश्वर भाटभटेनीमा राजावादी समूहले लुट्यो सामग्री काठमाडौंका यी क्षेत्रमा लगाइयो कर्फ्यू प्रदर्शनका क्रममा २५ घाइतेको केएसमीमा उपचार हुँदै प्रहरीलाई गोली चलाउन निर्देशन कर्फ्यु लगाएको क्षेत्रमा सेना परिचालन कान्तिपुर टीभी कार्यालयमा राजावादीले गरे ढुंगा प्रहार बालकुमारी र च्यासल क्षेत्रमा आन्दोलनकारीले थप ३ गाडी जलाए रहर गरेर राजतन्त्र पुनःस्थापित हुँदैनः शेरबहादुर देउवा माओवादीले भन्यो-संसदमा जवाफ नदिएसम्म सदन चल्न दिदैनौँ काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने दुर्गा प्रसाईंले भेटे पूर्वराजा ज्ञानेन्द्र शाह मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधाः सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी अछामको पाँचुली जंगलमा अबैध तरिकाले गिट्टी तथा ढुङ्गा उत्खनन, के भन्छ पीके निर्माण सेवा ? कुलमान हटाएको विषयमा जवाफ दिन आवश्यक छैनः प्रधानमन्त्री ओली सरकारको निर्णयविरूद्ध रिट लिएर सर्वोच्च गए कुलमान हितेन्द्रदेव शाक्य पनि अदालतमा राष्ट्रिय सभाको बैठक पनि स्थगित प्रतिनिधिसभामा विपक्षीको अवरोधपछि भोलिसम्मका लागि बैठक स्थगित भन्सारसम्बन्धी कानून संशोधन र एकीकरण गर्ने विधेयक समितिबाट पारित सरकारले सार्वजनिक गर्यो कुलमानलाई हटाएको निर्णय

प्रतिनिधि सभामा विधेयकको वर्षा, सरकारको अध्यादेश रणनीति अन्योलमा

२७ माघ २०८१, आईतवार

काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा आज महत्वपूर्ण कार्यसूचीसहित बस्दैछ। दिउँसो १ः०० बजेका लागि तय भएको बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गरिनुका साथै अर्थ, सुरक्षा, र कानुनी विधेयकहरू प्रस्तुत हुनेछन्। तर, सरकारको अध्यादेश रणनीति अन्योलग्रस्त देखिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले‘महालेखा परीक्षकको एकसट्ठियौं वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यक्रम छ। त्यस्तै, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ फिर्ता लिन प्रस्ताव पेस गर्नेछन्।
नागरिकता विधेयकमा तनाब, प्रेम सुवालको विरोध निर्णायक चरणमा
प्रतिनिधि सभामा नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालको विरोध निर्णायक मोडमा पुगेको छ। गृह मन्त्री रमेश लेखकले नागरिकता विधेयक, नेपाल प्रहरी विधेयक, र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकहरू पेस गर्ने कार्यसूचीमा रहेका छन्।
बैंकिङ कसुर विधेयकमाथि छलफल, विधायन विधेयक पारित गर्ने तयारी
अर्थमन्त्री पौडेलले बैंकिङ कसुर तथा समाज (दोस्रो संशोधन) विधेयक २०८० छलफलका लागि पेस गर्दैछन्। साथै, कानून मन्त्री अजयकुमार चौरासियाले ‘विधान विधेयक, २०८१’ पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्।
सरकारको अध्यादेश रणनीति फेल? जसपाको खेल निर्णायक मोडमा
सरकारले आजको बैठकमा कुनै अध्यादेश प्रस्तुत गरेको छैन। अघिल्लो बैठकमा कार्यसूचीमा समेटिएको अध्यादेश अन्तिम समयमा फिर्ता लिइएको थियो। प्रतिनिधि सभामा दुई तिहाइ बहुमत भए पनि राष्ट्रिय सभाको अंकगणितले अध्यादेश पारित गर्ने सम्भावना कमजोर बनाएको छ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशबारे स्पष्ट निर्णय लिएको छैन। अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारमा उपप्रधानमन्त्रीसहित मन्त्री पद र मधेश सरकारमा मुख्यमन्त्री नपाएसम्म समर्थन नजनाउने अडान लिएका छन्। सत्ता गठबन्धनभित्रको अन्योलले सरकारलाई थप दबाबमा पारेको छ। अध्यादेश अस्वीकृत भए सरकार गम्भीर राजनीतिक संकटमा पर्ने देखिन्छ, जसलाई टार्न कांग्रेस–एमालेका शीर्ष नेताहरू सक्रिय छलफलमा जुटेका छन्।