रुपन्देही अदालतले रवि लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्ने आदेश एमाले–कांग्रेस संयुक्त सरकारले संविधान, लोकतन्त्र र संसदीय मूल्यहरूमाथि प्रहार गरेको निष्कर्ष: विपक्षी दलद्वारा विशेष अधिवेशन माग सरकार ढालिदिने चेतावनी समृद्धिको उज्यालो यात्रामा नेपालकाे उर्जा, मन्त्री खड्काद्वारा ऊर्जा विकास मार्गचित्र सार्वजनिक संवैधानिक निकायका ५२ पदाधिकारीको मुद्दा चार वर्षदेखि पेसीमै राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा-नेपालबीच एकता प्रयास: चुनौती र सम्भावना आज पशुपतिनाथ मन्दिर बन्द नेकपा एमालेको तीन महिने ‘गाउँ पस्ने योजना : संगठन सुदृढीकरणका लागि कार्यदिशा तय लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गर्नका लागि नभई नहुने पाँच सुनौला सूत्र नेपालको हिमाली क्षेत्रमा भूकम्पीय उच्च जोखिमका कारण र यसबाट बच्ने उपाय संविधान संशोधनमा ओलीको नयाँ मिति, एमाले–माओवादी बैठक एकैदिन सुरु र समापन माओवादी केन्द्रमा टीके प्रथाको अब रहदैन : उपमहासचिव गजुरेल बीमा क्षेत्रको दिगो विकासका लागि साझा दृष्टिकोण: ‘द नेशनल इन्स्योरेन्स डिस्कोर्श २०२५’ अर्थमन्त्री पौडेलद्वारा उद्घाटन हुदै कांग्रेसको ओज र शक्ति कायम राख्न संयन्त्रलाई सुधार गर्नुपर्छ : महर माझी बस्तीको हृदयविदारक पीडा: नवजात शिशुको जीवन रक्षा लागि प्रदेश सरकारको दृढता अब पार्टी र जातिको राजनीति गर्न सकिँदैन, जनताको पद्धतिको बारेमा सोच्नुपर्छ: काँग्रेस नेता खतिवडा हिन्दु धर्म र नेपाल एकअर्काका पूरक हुन् यसलाई कमजोर बनाउने प्रयास स्वीकार्य छैन: काँग्रेस नेता भण्डारी लेखा समिति सभापतिले किन गरे स्वकीय सचिवलाई पदबाट बर्खास्त सहकारी ठगी प्रकरणमा संलग्न जोसुकैलाई कारबाही हुन्छ : सभापति खतिवडा सत्ता साझेदारीको कमजोर धरातल र राजनीतिक दबाबमा ओली निजी क्षेत्रको सक्रियता आवश्यक: मन्त्री पाण्डे भ्रष्टाचार निवारण ऐनमा छलफल: देउवा नेतृत्वमा रणनीति, सिंहको च्याम्बरमा गोप्य बैठक डीआईजी कडायत र केसीलाई एआईजीमा बढुवा सिफारिस ट्रेड युनियन अधिकार संविधानसम्मत गर्न सभापति देउवाको राज्यव्यवस्थालाई निर्देशन ओलीको नजरमा दुई प्रकारका मान्छे छन्, चाकर र शतुर : महासचिव भुसाल नुवाकोटको ऐतिहासिक शेरा दरबार जग्गा प्रकरण: दोषीलाई कानुनी दायरामा ल्याउन गृहमन्त्री लेखकको निर्देशन पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन: भारतले गुमायो एक युगपुरुष लिपुलेकमा भारत-चीन सहमति: नेपालले चिन्ता लिनु नपर्ने सरकारी धारणा अन्तर्राष्ट्रिय मिथिला सम्मेलनबाट राजीव झा सम्मानित ओली र देउवाको संसद् चलाउने नयाँ रणनीति गोली लागेर दुई पत्रकारको मृत्यु प्रधानमन्त्री ओली र पाकिस्तानी राजदूतबीच द्विपक्षीय भेट रास्वपामा कार्यवाहकको लर्को: नेतृत्व विवादको घेरामा कार्यकर्तामा बढ्दो निराशा विप्लवसँग माओवादीको सक्रिय संवाद: माओवादीभित्र एकता प्रयासको नयाँ आयाम बामदेव र माधवबीच एकता प्रयास: वार्ता समिति गठन संविधान संशोधनका लागि कांग्रेस र एमाले छुट्टाछुट्टै कार्यदल गठनको तयारीमा ऋषिकेश पोखरेलको राजीनामा माग मन्त्रिपरिषद् बैठक स्थगित रोमाञ्चक भिडन्तमा जनकपुर बोल्ट्सको जित: नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश सरोकारवालाको अपनत्वमा शिक्षा ऐन पारित गरिनुपर्छ : नैनसिंह महर निर्मला शर्मा नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित प्रचण्डको ‘प्रतिशोधपूर्ण व्यवहारको आरोप तथ्यहीन’: गृहमन्त्री लेखक २७ वर्ष पछि नेपालगन्ज–टीकापुर हवाई यात्राको प्रारम्भ यात्रुहरूको समय बचत मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा मन्त्री पाण्डेद्वारा शुभकामना, हाम्रा पर्वहरू एकता र मेलमिलापको प्रतीक भएको सन्देश कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि मात्रै काम गर्ने सोच बदल्नुपर्छ: नैनसिंह महर नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित, अब भोलि बस्ने परराष्ट्रमन्त्री डा. राणाको नेतृत्वमा न्यायको माग एमसीसी र बीआरआईप्रति सबैको चासो हुनु स्वाभाविक हाे: माओवादी अध्यक्ष प्रचण्ड देशको पूर्वप्रधानमन्त्रीले अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु उचित भएन: गृहमन्त्री लेख यौन दुर्व्यवहार भएको भन्दै भारत जान लागेकी बालिकाको उद्दार, पूर्वमेयर पक्राउ

एमाले–कांग्रेस संयुक्त सरकारले संविधान, लोकतन्त्र र संसदीय मूल्यहरूमाथि प्रहार गरेको निष्कर्ष: विपक्षी दलद्वारा विशेष अधिवेशन माग सरकार ढालिदिने चेतावनी

४ माघ २०८१, शुक्रबार

काठमाडौ । सात प्रमुख राजनीतिक दलले नेतृत्व गरेको विपक्षी गठबन्धनले वर्तमान सरकारको गतिविधिलाई लोकतान्त्रिक प्रणाली र विधिको शासनको अपमान गर्ने काम भएको ठहर गरेको छ। शुक्रबार जारी संयुक्त वक्तव्यमा विपक्षी गठबन्धनले सरकारको जनविरोधी नीति, अध्यादेशको दुरुपयोग, र भ्रष्टाचारको संरक्षणजस्ता गतिविधिका कारण सरकारले नैतिक आधार गुमाएको दाबी गरेको छ।

विपक्षी गठबन्धनले सरकारद्वारा गम्भीर प्रकृतिका कानुन अध्यादेशमार्फत जारी गरिनु संविधानको मर्म र संसदीय प्रणालीमाथि प्रहार भएको बताएको छ। संसद्मा छलफल भइरहेका विधेयकहरूलाई फिर्ता नलिई अध्यादेशको सहारा लिएको सरकारको कदमलाई स्वेच्छाचारी र निरङ्कुश प्रवृत्ति भएको ठहर वक्तव्यमा गरिएको छ।

वक्तव्यमा गिरिबन्धु टी स्टेट, नक्कली भूटानी शरणार्थी प्रकरण, बालमन्दिरका जग्गा प्रकरणलगायतका मुद्दाहरू बन्द गर्दै सत्तारुढ दलका भ्रष्ट नेताहरूलाई जोगाइएको आरोप लगाइएको छ। साथै, विद्युत महसुल बक्यौता नतिर्नेहरूलाई उन्मुक्ति दिइएको, भूमाफियालाई संरक्षण गर्ने नियतले अध्यादेश जारी गरिएको, र सहकारी ठगी प्रकरणमा प्रभावकारी कदम चाल्न नसकेको गुनासो गरिएको छ।

विपक्षी गठबन्धनले लोकतन्त्रमा बहुदलीय प्रतिस्पर्धाको महत्त्वलाई खल्बलाउने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोध गरेको छ। यस प्रकारका कदमले जनतामा राजनीतिक प्रणालीमाथि नै अविश्वास उत्पन्न गरिरहेको भन्दै सरकारको आलोचना गरिएको छ।

बाँकी ६ बुँदे साझा धारणा
१. नियमित हिउँदे अधिवेशन नबोलाई कानुन निर्माणमा बाधा पुर्‍याउँदै अध्यादेश जारी गर्ने सरकारको कदमको घोर भत्र्सना।
२. भ्रष्टाचारविरोधी अभियानलाई रोक्दै भ्रष्टाचारीलाई उन्मुक्ति दिने प्रयासको निन्दा।
३. दुई दलीय तानाशाही प्रवृत्ति सिर्जना गर्ने अध्यादेशहरूको खारेजीको माग।
४. शान्ति प्रक्रियाका बाँकी कामलाई अबरुद्ध गर्ने कार्यप्रति ध्यानाकर्षण।
५. संसदीय प्रणालीमा बहुमतको दम्भ देखाएर राज्यका निकायहरूको दुरुपयोग गरेको विरोध।
६. तत्काल हिउँदे अधिवेशन आह्वान गर्न र जनताको विश्वास पुनःस्थापित गर्न सरकारलाई आग्रह।