© २०२३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको पाँच महिनाको अवधि पार गर्दा गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन्। सत्ता साझेदार नेपाली कांग्रेस र एमालेभित्रका आन्तरिक असन्तोषले उनको हैसियतलाई झन् कमजोर बनाइरहेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणासँगको संगकाे असहमतिबट उत्पन्न भएको संकटले सरकारको दीर्घकालीन अस्तित्वमाथि प्रश्न उठाएको छ। चीन भ्रमणका क्रममा बीआरआई सम्झौतामा कांग्रेसको दबाबले ओलीलाई कूटनीतिक रूपमा असहज बनाएको चर्चा सेलाएको छैन। त्यसमाथि, कांग्रेस नेताहरूको आलोचना र रवि लामिछाने प्रकरणमा देखिएको असन्तुष्टिले आम जनमानसमा सरकारप्रतिको विश्वास कम गर्दै लगेको छ।
यसबीच, एमालेभित्र गुटबन्दी र नेताहरूबीचको वैमनस्यले ओलीको नेतृत्वलाई थप संकटमा धकेलेको छ। उपाध्यक्ष विष्णु पौडेलदेखि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसम्मका शक्तिशाली व्यक्तित्वहरूसँगको सम्बन्धमा टकरावले उनको पार्टीभित्रको एकता समेत धमिल्याएको छ।
यता सत्ता साझेदार कांग्रेस पनि आन्तरिक समीकरणमा व्यस्त रहेको छ। देउवा दम्पत्तिले ओलीसँगको सहकार्य टुटाउने रणनीति बनाउँदै माओवादी केन्द्र र एकीकृत समाजवादीसँग संवाद अघि बढाएकाे स्रोतको स्रोत बताउँछ।। यसले राजनीतिक परिदृश्यलाई थप जटिल बनाएको छ।
प्रधानमन्त्री ओलीले सत्ता सहकार्यलाई २०८४ सम्म टिकाउने वाचा गरे पनि हालको राजनीतिक परिस्थितिले त्यो सम्भावना टाढा धकेलिएको संकेत गरेको छ। सत्ताको खेलमा बढ्दो दबाबले ओलीको नेतृत्वलाई अस्थिर बनाउँदै लगेको देखिन्छ।