© २०२३
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वशैली र सोचबारे टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, “कमरेड ओलीको नेतृत्व असफल भएको छ। नेतृत्व परिवर्तनले पार्टीलाई सकारात्मक दिशा दिन सक्छ।” ओलीको सोच र व्यवहारप्रति टिप्पणी गर्दै भुसालले भनेका छन्, “ओलीका लागि संसारमा दुई प्रकारका मानिस मात्रै छन्—शत्रु र चाकर। जसले चाकडी गर्दैन, त्यो शत्रु हो। जसले चाकडी गर्छ, त्यो चाकर हो।”
भीम रावलको पार्टीबाट निष्कासनबारे उनले भने, “रावलले चाकडी नगरेकाले उनलाई निष्कासन गरियो। यसले पार्टीभित्र असहमतिको आवाज दबाउने प्रयास झल्काउँछ।” नेकपा (एकीकृत समाजवादी) का महासचिवको रूपमा सक्रिय रहेका भुसालले नेता रावललाई आफ्नो पार्टीमा आउन पनि आह्वान गरेका छन् ।ओलीका समर्थकहरूले भने ओलीको नेतृत्वले एमालेलाई बलियो बनाएको र राष्ट्रलाई स्थायित्व प्रदान गरेको दाबी गरेका छन्।