© २०२३
काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा एम्स अस्पतालमा आज (२६ डिसेम्बर २०२४) राति ८:०६ मा उनको निधन भएको एम्स अस्पतालको मिडिया सेलले पुष्टि गरेको छ।
दुईपटक भारतको प्रधानमन्त्री बनेका सिंहलाई भारतको आर्थिक सुधारका प्रणेता मानिन्छ। अर्थमन्त्रीको रुपमा उनले ल्याएका नीतिहरूले भारतलाई नयाँ आर्थिक युगमा प्रवेश गराएको थियो। प्रधानमन्त्रीका रुपमा उनले देशको समग्र विकास र जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेका थिए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै उनलाई भारतको प्रगतिशील अर्थ नीतिका मार्गदर्शकका रुपमा सम्झेका छन्। मोदीले भनेका छन्, “डा. सिंहले भारतको अर्थतन्त्रमा ऐतिहासिक परिवर्तन ल्याउन योगदान गरे। उनका योगदानहरू सदैव प्रेरणादायी रहनेछन्।”
डा. सिंहको निधनले भारत र विश्वभरका राजनीतिज्ञ, अर्थशास्त्री, र आम जनतामाझ शोकको लहर फैलिएको छ। उनकी विद्वत्तापूर्ण नेतृत्व र योगदानलाई देशले सदा सम्झनेछ।