© २०२३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नेतृत्व अहिले गहिरो संकट र आन्तरिक विवादको घेरामा फसिसकेको छ। पार्टीका प्रमुख पदमा कार्यवाहकको नियुक्ति र यसका कारण उत्पन्न भएको भ्रम र असमन्जसले कार्यकर्ताहरूलाई निराश बनाएको छ।
रास्वपाले पार्टीको तत्कालीन महामन्त्री डा. मुकुल ढकाललाई अनुशासनहीनताको आधारमा निलम्बन गरेपछि, कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनिष झालाई कार्यवाहक प्रवक्ता बनाएको थियो। त्यस्तै, पार्टी सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सहकारी ठगी र संगठित अपराधको मुद्दा कारण डीपी अर्याललाई कार्यवाहक सभापति तोकिएको छ।
यो नेतृत्व परिवर्तनले रास्वपाका कार्यकर्ताहरू बीच असन्तोष र निराशा फैलाएको छ। पार्टीका भित्री विवाद र कार्यवाहक नियुक्तिहरूले पार्टीको एकता र भविष्यप्रति गम्भीर प्रश्न उठाएका छन्।
रास्वपाको अप्रत्यासित सफलता र २१ सांसदसहित प्रतिनिधि सभामा चौथो ठूलो दलको रूपमा उभिएर पाएको अवस्था अहिले आन्तरिक संघर्ष र नेतृत्वको संकटबाट मासिन सक्ने खतरा झल्काउँछ। कार्यकर्ताहरूको निराशा र नेतृत्वको असमन्जसले रास्वपाको भविष्यमा गहिरो असर पार्न सक्छ।
पार्टीको अहिलेको स्थिति कार्यकर्ता र आम जनताको विश्वास जित्नका लागि ठूलो चुनौती बनिरहेको छ।