© २०२३
काठमाडौं, २५ चैत्र । जनजाति विद्यार्थी जो खर्च धान्न नसकेका छन् उनीहरुका लागि खोलिएको जनजाति कल्याण आश्रमको काम प्रभावकारी बन्दै गएको छ । शनिबार जनजाति कल्याण आश्रमले १२औं वार्षिकोत्सव मनाउँदा हजारभन्दा बढी सहभागी थिए । ्सुरुमा २ जना जनजाति विद्यार्थीलाई गाँस, बास, कपास र पढाईमो व्यवस्था गरी सञ्चालन भएको आश्रम निकै विस्तार भइसकेको छ । काठमाडौं उपत्यका, झापाका अलावा विभिन्न जिल्लामा आश्रमका भवन बनिसकेका छन् ।
दाताको जग्गा र आर्थिक सहयोगमा आश्रम बनिरहेको छ । देशभित्रकै नागरिकको सहयोगमा आश्रम चलिरहेको छ । शनिबार आश्रमको वार्षिकोत्सवमा रामायण धारावाहिककी सीता विशेष अतिथि बनेकी थिइन् । उनले पनि जसलाई मद्यत चालिएको हो उसलाई मद्यत गर्नुपर्ने बताइन् । मद्यत गर्दा एक हातले गरेको अर्को हातले थाहा नपाओस् सम्म भनिन् ।
आर्मी अफिसर्स क्लबमा भएको वार्षिकोत्वसमा सहयोगका घोषणाहरु भए । आश्रमका बालबालिकालाई वर्षभरको सहयोगको घोषणाहरु भए । विभिन्न व्यक्तिहरुले आफ्नो तर्फबाट घोषणा गरिरहँदा माहोल नै फरक भएको थियो ।
हरेक बालबालिकाको वार्षिक खर्च २५ हजार राखिएको छ । एक देखि १५ विद्यार्थीसम्मलाई वर्षभरको खर्च व्यहोर्ने घोषणाहरु भए ।
जनजाति कल्याण आश्रममा झण्डै ५ सय विद्यार्थी रहेका छन् । साँढे सात सय विद्यार्थीको बस्ने, खाने र पढाई हुने क्षमता रहेकोले त्यति संख्याका लागि दाता खोजिएको छ । लगभग त्यति संख्या पुग्दै गरेको बुझिएको छ ।