© २०२३
काठमाडौ । नेकपा माओवादी केन्द्रको कोशी प्रदेश संसदीय दलले संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेको छ। उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाइएको मुद्दाले चर्चा पाएको छ।
माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले पोखरेलले सार्वजनिक लेखा समितिको सभापति पदमा रहँदा छानबिन प्रभावित भएको आरोप लगाउँदै नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेका हुन्।
पत्रकार सम्मेलनमा आङ्बोले सहकारी ठगीका दोषीहरूमाथि छानबिन र कारबाहीलाई प्रभावकारी बनाउन पोखरेलले सहयोग गर्नुपर्ने र यसका लागि राजीनामा अनिवार्य रहेको तर्क गरे।
प्रकरणमा पोखरेल पत्नी अञ्जलासहितका २५ जना फरार रहेको विवरण सार्वजनिक भएको छ। यस घटनाले सहकारी क्षेत्रको विश्वासनीयतामाथि समेत प्रश्न उठाएको भन्दै माओवादी केन्द्रले कडा कदम चाल्नुपर्ने माग गरेको छ।