© २०२३
एजेन्सी, १४ वैशाख । भारतमा लोकसभा निर्वाचन अन्तर्गत दोस्रो चरणको चुनाव हो आज । चुनावमा भारतीय जनता पार्टीसहितको गठबन्धन र कँग्रेस आईसहितको गठबन्धनबीच मुख्य प्रतिष्पर्धा हुने पूर्वानुमान छ ।
दोस्रो चरणको चुनाव १२ राज्यको ८८ निर्वाचन क्षेत्रमा चलिरहेको छ । जसमा उत्तर प्रदेश, कर्नाटकलगायतका राज्यहरु छन् ।
भारतको यो चुनावमा पनि नरेन्द्र मोदीको प्रभाव बलियो देखिएको छ । उनी नै फेरि प्रधानमन्त्री बन्ने गरी भाजपाले बहुमत ल्याउने प्रक्षेपण गरिएको छ ।