© २०२३
काठमाडौ । नेपालमा भ्रष्टाचार नियन्त्रणका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ। आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा, नेपालमा भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने प्रयासहरू गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको छ।
भ्रष्टाचार निवारणमा सरकारको असफलता, न्याय प्रणालीको कमजोरी, नीति अस्पष्टता र कार्यान्वयनमा उल्झनले सुशासन कायम गर्नमा चुनौती सिर्जना गरिरहेको छ। ट्रान्सपरेन्सी इन्टरनेसनल र अन्य संस्थाहरूले नेपालमा भ्रष्टाचारको बृद्धि र सुशासनको कमजोर स्थितिलाई औँल्याएका छन्। सरकारको नीति निर्णय र प्रमुख परियोजनाका खरिद, नियुक्ति, र सरुवा प्रक्रियामा भ्रष्टाचारको पाईएको प्रमाणहरूले भ्रष्टाचारको स्थिति बिग्रिरहेको जनाउँछ।
देशमा भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्ने जिम्मेवारी सरकारका निकाय र प्रमुखहरूको हो, र उनीहरूले प्रभावकारी निगरानी र अनुगमन गर्न सकेको छैन। हालको अवस्थामा, नीतिगत सुधार र न्यायिक सुधारमा देखिएको कमजोरीले नेपालको स्थिति झन दर्दनाक देखिन्छ।