सरोकारवालाको अपनत्वमा शिक्षा ऐन पारित गरिनुपर्छ : नैनसिंह महर निर्मला शर्मा नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित प्रचण्डको ‘प्रतिशोधपूर्ण व्यवहारको आरोप तथ्यहीन’: गृहमन्त्री लेखक २७ वर्ष पछि नेपालगन्ज–टीकापुर हवाई यात्राको प्रारम्भ यात्रुहरूको समय बचत मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा मन्त्री पाण्डेद्वारा शुभकामना, हाम्रा पर्वहरू एकता र मेलमिलापको प्रतीक भएको सन्देश कर्मचारीले तलब र राजनीतिकर्मीले भोटका लागि मात्रै काम गर्ने सोच बदल्नुपर्छ: नैनसिंह महर नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक स्थगित, अब भोलि बस्ने परराष्ट्रमन्त्री डा. राणाको नेतृत्वमा न्यायको माग एमसीसी र बीआरआईप्रति सबैको चासो हुनु स्वाभाविक हाे: माओवादी अध्यक्ष प्रचण्ड देशको पूर्वप्रधानमन्त्रीले अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु उचित भएन: गृहमन्त्री लेख यौन दुर्व्यवहार भएको भन्दै भारत जान लागेकी बालिकाको उद्दार, पूर्वमेयर पक्राउ नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठका चार निर्णय विधान संशोधन देखि श्रेष्ठलाई कोषाध्यक्षमा अनुमोदन सम्म नेपालमा भ्रष्टाचारको अवस्था झन दर्दनाक: सुशासनको संकट र सुधारको खस्किँदो अवस्था सभापति खतिवडाको नेतृत्वमा संघीय निजामती विधेयकमाथि दफावार छलफल सुरू वन्यजन्तु र मानव द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तु संरक्षण र पर्यटन विकासका लागि सरकार प्रतिबद्ध छ : वनमन्त्री शाही रवि लामिछानेमाथि दुर्व्यवहारको आरोप भ्रामक र तथ्यहीन भएको चितवन प्रहरी दाबी हिमपातले हुम्ला सेताम्य, चिसोको चपेटामा जनजीवन, किसान खुसी चितवन राइनोजद्वारा १६४ रनको लक्ष्य सुदूरपश्चिम रोयल्सलाई संविधान संशोधन डेढ वर्षपछि अघि बढ्छ एमाले महासचिव पोख्रेल महिला अधिकार र हिंसा न्यूनिकरणमा सचेतना फैलाउदै कुन्तीदेवी फाउन्डेसन प्रधानमन्त्री चीनबाट फर्की लगत्तै सेनापति भारत जाने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीद्वारा ९ सहमतिमा हस्ताक्षर प्रधानमन्त्री ओलीको नेतृत्वमा ७८ सदस्यीय टोली चीन प्रस्थान स्थानीय तह उपनिर्वाचन: दलहरूको मिश्रित प्रदर्शन कीर्तिपुरका जनताले भ्रष्टाचारमुक्त नगरको सपना देखिरहेका छन्, डा. महर्जनको जित पक्का हुन्छ : प्रचण्ड लगानीको गति बढाउन कानुनी बाधा हटाउनुपर्छ: अध्यक्ष ढकाल कीर्तिपुरको चुनाव जनमत संग्रहसरह: राजेन्द्र पाण्डे गढीमाई मेलाको व्यवस्थापनमा मदेश सरकारको सक्रियताले मुख्यमन्त्री सिंहको प्रशंसा परिणाममुखी परिवर्तनका लागि प्रधानमन्त्रीको निर्देश जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छ : प्रधानमन्त्री ओली रास्वपाका २० सांसदविरुद्ध अदालतको अपहेलना मुद्दामा प्रमाण पेश गर्न सर्वोच्चको आदेश सभापति लामिछानेलाई काठमाडौं ल्याइँदै: सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा बयान प्रक्रिया सुरु प्रधानमन्त्री ओलीको चीन भ्रमण बीआरआई परियोजनामा दलहरू बीच द्वन्द्व फरक दृष्टिकोण ओली सरकारलाई संकटको सुरुवात, जनमतले फिर्ता लिनसक्ने समर्थन नेपालले बीआरआईबाट लाभ लिनुपर्छ: पुर्व प्रधानमन्त्री भट्टराई सुनको मूल्यमा ऐतिहासिक गिरावट एकैदिन तोलामा १६ हजारले कमी स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलद्वारा मृत्युपश्चात अंगदान गर्ने परिवारलाई २ लाख प्रोत्साहन दिने निर्णय रवि लामिछानेमाथि थप १५ दिन हिरासतमा अनुसन्धानको अनुमति दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश काठमाडौँ महानगरको १ लाख जरिवानाको पत्र एमालेले गर्‍यो अस्वीकार रास्वपाका सांसदहरूमाथि अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ ट्रम्पको मिडिया कनेक्शन, सल्लाहकारदेखि राजदूतसम्म मिडियाकर्मी काठमाडौं महानगरको जरिवाना नीतिबाट एमालेलाई १ लाख, ९० लाख सङ्कलन नेकपाको ११औं वार्षिकोत्सवमा जनसभा विप्लवको विशेष सम्बोधन धरहरा चढ्ने शुल्क दुई सय देखि हजार सम्म प्रचण्डबाट आजित भएर कांग्रेस-एमाले मिल्यो: काँग्रेस प्रवक्ता महत महत पूर्वसभामुख दमननाथ ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि उपनिर्वाचनमा साना दललाई सकस गृहमन्त्री लेखकसंग एसएसबी प्रमुख को भेट

सभापति खतिवडाको नेतृत्वमा संघीय निजामती विधेयकमाथि दफावार छलफल सुरू

२४ मंसिर २०८१, सोमबार

काठमाडौ । प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमाथि दफावार छलफल प्रारम्भ गरेको छ। ६ महिना अघि समितिमा पठाइएको विधेयकमा यसपटक औपचारिक रूपमा संशोधनकर्ता सदस्यहरूलाई बोलाएर छलफल सुरु गरिएको हो।

जेठ १५ गते समितिमा प्राप्त विधेयकमाथि यसअघि पनि छलफलको प्रयास भए पनि रोकिएको थियो। यसपटक समितिले भ्रष्टाचार निवारण र अख्तियारका विधेयकमा उपसमिति गठन गरेपछि निजामती विधेयकमा छलफललाई प्राथमिकता दिएको हो। विधेयकमा १२४ जना सांसदले १,५८३ बुँदामा संशोधन प्रस्ताव गरेका छन्। आइतबारको छलफलमा सांसदहरू बिजुला रायमाझी, प्रतीक्षा तिवारी, रघुजी पन्तलगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए।

समिति सभापति रामहरी खतिवडाका अनुसार विधेयकमा निरन्तर छलफल गरिने छ। छलफलका क्रममा संशोधनकर्ता सांसदहरूसँगै सरोकारवाला पक्षहरूसँग पनि परामर्श गर्ने योजना छ। खतिवडाले लोक सेवा आयोग, कर्मचारी युनियनका प्रतिनिधि लगायतसँग छलफल गरिने बताए।

संविधान जारी भएपछि संघीय संरचनाअनुसार कर्मचारी व्यवस्थापनको लागि विधेयक प्रस्ताव गरिएको हो। अघिल्लो प्रतिनिधि सभाको कार्यकालमा विधेयक समितिमा लामो छलफलपछि प्रतिवेदन तयार भएको भए पनि सरकारको निर्णयमा विधेयक फिर्ता लिइएको थियो।

कर्मचारी ट्रेड युनियनको भूमिका, उमेर हद, प्रदेश र स्थानीय तहमा समायोजनपछिको व्यवस्थापन र प्रमुख प्रशासकीय अधिकृतको व्यवस्थापनको विषयमा गहिरो छलफल गरिनेछ। यस विधेयकलाई चाँडो निष्कर्षमा पुर्‍याउन सभापति खतिवडाले प्रमुख दलका प्रतिनिधिहरू सम्मिलित अनौपचारिक संयन्त्र निर्माण गर्ने तयारी गरेका छन्। यसले सबै पक्षको धारणा बुझेर विवाद समाधान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
सरकारले २०८० फागुनमा दर्ता गरेको विधेयक संसदीय प्रक्रियामा ढिलो भइरहेको समयमा समितिको यो पहल निर्णायक हुने विश्वास गरिएको छ।