© २०२३
काठमाडौं, १३ वैशाख । पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको धरौटीमा रिहा हुने प्रयास विफल भएको छ । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा र्पुपक्षका लागि थुनामा गएपछि धरौटीमा रिहा हुने प्रयासस्वरुप जिल्ला हुँदै उच्च अदालतमा पुगेपनि सफल हुन सकेनन् । बिहिबार रायाझीसहित ७ जनालाई थुनामै राख्ने आदेश सर्वोच्च अदालतले दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले धरौटीमा रिहा गर्न अस्वीकार गरेको हो ।
रायमाझीसहित निलम्बित सचिव टेकनारायण पाण्डेका अलावा केशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा. इन्द्रजीत राई र सानु भण्डारीलाई थुनामै राख्ने आदेश दिएको हो ।
यसअघि उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि रायमाझीसहितका प्रतिवादीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।