© २०२३
काठमाडौं । कुन्तीदेवी फाउन्डेसन र सामुदायिक प्रहरी सेवा केन्द्र नयाँ बानेश्वरको संयुक्त आयोजनामा, काठमाडौं नेशनल स्कुलको सहकार्यमा, ‘लैंगिक हिंसा न्यूनिकरण’ विषयक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। समाजसेवी तथा राप्रपा केन्द्रिय सदस्य, कुन्ती देवी पोख्ररेलकाे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि भने जिल्ला प्रहरी परिषद काठमाडौं सामुदायिक शाखाका प्रहरी नायव उपरीक्षक पूर्णिमा चन्द रहेकी थिइन्। उक्त कार्यक्रममा कार्यक्रम सभापति पोख्ररेलले महिला अधिकार र लैंगिक हिंसा रोकथामका उपायहरूका बारेमा आफ्नो विचार व्यक्त गर्दै, “महिलाहरूलाई समाजका हरेक क्षेत्रमा समान अवसर दिनुपर्नेमा जाेड दिदै महिलाहरू बलियो बने मात्र समाजमा पुरुषबाट हेपिनु नपर्ने अवस्था हुने बताइन् । उनले सरकारले ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्ने सन्दर्भमा भने, “हालको २५ सदस्यीय मन्त्रीमण्डलमा महिलाकाे सहयोगी थोरै हुनु लज्जास्पद अवस्था भएको बताइन ।
कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव उपरीक्षक चन्दले महिलाहरूले समाजमा भोग्नु पर्ने हिंसा र असुरक्षाबारे बोल्दै, “महिलाहरूको सबैभन्दा ठूलो असुरक्षा आफ्नो घर र परिवारका इष्टमित्रबाट उत्पन्न हुने बताइन् । उनले महिलाहरूलाई हिंसाका विभिन्न प्रकारका परिप्रेक्ष्यमा सचेत गराउने महत्वमा जोड दिइन्। उक्त कार्यक्रममा महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।