© २०२३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्केपछि अब प्रधानसेनापति अशोकराज सिग्देल मङ्सिर २६ गते चार दिने भारत भ्रमणमा जाने भएका छन्। प्रधानसेनापति सिग्देलले भारतमा भारतीय सेनाबाट मानार्थ महारथीको चिह्न प्राप्त गर्ने कार्यक्रम रहेको बुझिएको छ।
प्रधानसेनापति सिग्देलको भ्रमण नेपाल र भारत बीचको सम्बन्ध सुधार्ने एक अवसरको रूपमा हेरिएको छ। भ्रमणको क्रममा सिग्देलले भारतीय राष्ट्रपति, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री लगायतका प्रमुख नेतासँग भेटघाट गर्ने कार्यक्रम छन।
नेपाल र भारतबीचका चुनौतीपूर्ण परिस्थितिहरूलाई मध्यनजर गर्दै, प्रधानसेनापतिको भ्रमणलाई दुवै देशको सम्बन्ध सुधार्ने प्रयासको रूपमा हेरिएको छ। यस भ्रमणले दुई देशका आपसी समझदारी र सहयोगलाई नयाँ उचाइमा पुर्याउने आशा गरिएको छ।