© २०२३
काठमाडौं। चीनको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ९ वटा सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सोमबार बेइजिङ पुगेका प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए।
प्रधानमन्त्री ओलीको भ्रमणमा नेपाल र चीनका बीच व्यापार, लगानी, पूर्वाधार विकास, र आपसी सहयोगका विविध क्षेत्रहरूमा सहमति भएका छन्। यो सहमति पत्रमा हस्ताक्षरपछि नेपाल र चीन बीचको सम्बन्ध अझ बलियो हुने अपेक्षा गरिएको छ।
आज, प्रधानमन्त्री ओली पेकिङ विश्वविद्यालयमा “नेपाल-चीन सम्बन्धका विविध आयाम” शीर्षकमा मन्तव्य दिन लागेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेडसँगको संयुक्त आयोजनामा नेपाल-चीन व्यापार मञ्चमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओली बुधबार, मंसिर २० गते, चीनको भ्रमण समाप्त गरी स्वदेश फर्कनेछन्।