© २०२३
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनसङ्ख्याका मुद्धालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा विश्लेषण गर्नुपर्ने बाएका छन । छैटौँ एसियाली जनसङ्ख्या सम्मेलनमा काठमाडू मेडिकल कलेजमा भर्खरै जन्मिएको शिशुका मातासँग भर्चुअल संवाद गर्दै उहाँले सीमान्तकृत तथा विपन्न समुदायको जीवनस्तर उकास्न सरकारको निरन्तर प्रयास जारी रहेको उल्लेख गरे।
प्रधानमन्त्रीले धनी र गरीबबीचको खाडल हटाउन समानता र समावेशी नीतिलाई प्रभावकारी बनाउनु आवश्यक रहेको बताउँदै आत्मसम्मान, मानव अधिकार, र स्वस्थ जीवनका लागि विश्वव्यापी सहकार्य अपरिहार्य भएको धारणा व्यक्त गरे ।
जलवायु परिवर्तनका समस्याको समाधानका लागि सामूहिक प्रयास र दिगो विकासको महत्त्वलाई जोड दिँदै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को आकाङ्क्षा पूरा गर्न ठोस नीतिगत योजना कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए ।
सम्मेलनमा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशजङ्ग बराल, र एसियाली जनसङ्ख्या एसोसिएसनका अध्यक्ष रेइको हायाशीको उपस्थिति थियो। विभिन्न विषयगत सत्रमार्फत जनसङ्ख्या, मानव अधिकार र जलवायु परिवर्तन जस्ता विषयमा गहन छलफल हुने कार्यक्रम छ।