© २०२३
पोखरा । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
जिल्ला अदालतका न्यायाधीश भीमलाल बेलबासेको इजलासले आइतबार लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण जस्ता मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई समय थप गरेको हो।
गत कात्तिक २५ गते थपिएको १३ दिनको हिरासत अवधि सकिएपछि प्रहरीले रविलाई आज अदालतमा उपस्थित गराएको थियो। सहकारी ठगी प्रकरणमा २ कात्तिकमा काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा अपचलन गरेको आरोप छ।