© २०२३
काठमाडौं । साइबर अपराध मुद्दामा थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले सरकारलाई कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रसाईंलाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको हो।
दुर्गा प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना पिता गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। सो रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रधानमन्त्री केपी शर्मा ओलीको टेलिकम कम्पनीमा कम्बोडियामा लगानी रहेको भनी गलत जानकारी फैलाएको आरोपमा प्रसाईंलाई पक्राउ गरेको थियो।