© २०२३
३ मंसिर काठमाडौं। आसन्न स्थानीय तह उपनिर्वाचनमा साना दलहरुलाई उम्मेदवार चयनमा कठिनाइ भइरहेको छ। देशभरका स्थानीय तहमा रिक्त रहेका ४४ पदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २७ स्थानमा र नेकपा (एकीकृत समाजवादी) ले २० स्थानमा मात्रै उम्मेदवार खडा गर्न सकेको छ। यसपटक रास्वपा पहिलो पटक स्थानीय तह निर्वाचनमा सहभागी हुँदैछ।
एकीकृत समाजवादीले कोशी प्रदेशअन्तर्गत मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा दिल बहादुर विश्वकर्मा, सुनसरीको गढी गाउँपालिका वडा नं. ६ को वडा अध्यक्षमा डोमी उराव, र उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा निर्मला चौधरीलाई उम्मेदवार बनाएको छ।
मधेश प्रदेशतर्फ, रौतहटको ईशनाथ नगरपालिका वडा नं. ७ मा सदरे आलम, गढीमाई नगरपालिका वडा नं. ८ मा वजरंगी प्रसाद यादव, र धनुषाधाम नगरपालिका वडा नं. १ मा गोपाली साह उम्मेदवार बनेका छन्।
बागमती प्रदेशमा, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा रविना खड्का, नुवाकोटको ककनी गाउँपालिका वडा नं. २ मा मान बहादुर लामा, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. १२ मा बलराम बल, काठमाडौं महानगरपालिका वडा नं. १६ मा मिन बहादुर मानन्धर, र कीर्तिपुर नगरपालिकाको वडा नं. ४ मा रीता खड्का उम्मेदवार बनेका छन्।
कर्णाली प्रदेशमा, दैलेखको महाबु गाउँपालिका अध्यक्षमा जगत हमाल, दुल्लु नगरपालिका वडा नं. १३ मा जगत शाही, जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा जमना शाही, कुसे गाउँपालिका वडा नं. ७ मा वीर बहादुर सिंह, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा सौभाग्य शाही, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं. ५ मा धन बहादुर घर्ती, र रूकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं. ५ मा हंशराज पुरी उम्मेदवार बनेका छन्।
सुदूरपश्चिम प्रदेशतर्फ, बाजुराको स्वामी कार्तिकखापर गाउँपालिकाको उपाध्यक्षमा जवा शाही, र कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नं. ६ मा जीतेन्द्र चन्दलाई उम्मेदवार बनाइएको छ।