© २०२३
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य, माननीय शिव नेपालीले पब्लिक सवालसँगको कुराकानीमा पोखराको मानवअधिकार चोकमा २८ दिनदेखि जारी शान्तिपूर्ण धर्ना र त्यसको उद्देश्यबारे विस्तृत जानकारी दिएका छन्। उनले सहकारी ठगीका कारण पीडित जनताको करिब ८७ अर्ब रुपैयाँको न्याय दिलाउन र संसद्मार्फत भ्रष्टाचारविरुद्ध कानुनी सुधारको पहल गर्न यो अभियान थालेको बताए। नेपालीका अनुसार, “न्याय मरेको छैन” भन्ने सन्देशसहितको यो आन्दोलनले सहकारी पीडितहरूको आवाजलाई सशक्त बनाउँदै संसदमा कानुनी प्रयासलाई अघि बढाउने छ।
यसैबीच, पार्टी सभापति रवि लामिछाने हिरासतमा रहेकोबारे पनि नेपालीले पब्लिक सवालसँग कुरा गर्दै समर्थन जनाएका छन्। उनलाई गोर्खा मिडिया नेटवर्कका माध्यमबाट सहकारी बचत अपचलन आरोपमा पक्राउ गरिएको छ। नेपालीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक्लै हुनुहुन्न हामी तपाईंको साथमा छौँ” भन्ने सन्देश दिएका समेत बताएका छन्।
सहकारी पीडितहरूले आफूले गरेको शान्तिपूर्ण धरनाका माध्यमबाट मुद्दाको पक्षमा निरन्तर आवाज उठाइरहेका बताएका छन्। ।