© २०२३
२६ कार्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा सुरु भएको छ। बैठकमा समसामयिक राजनीति, आगामी स्थानीय चुनाव, र पार्टीले सञ्चालन गर्ने जनअभियानका विषयमा गहन छलफल भइरहेको जनाइएको छ।
बैठकमा विशेषगरी आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको तयारी, केन्द्रीय समिति बोलाउने, र सबै स्थानीय तहमा खबरदारी सभा गर्ने योजनामा चर्चा भइरहेको छ। साथै, पार्टीलाई देशव्यापी रूपमा परिचालन गर्ने विषयमा समेत विचार-विमर्श भइरहेको छ।
यसअघि आइतबारका लागि बोलाइएको बैठक अध्यक्ष दाहालको व्यस्तता र मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी भएका कारण स्थगित भएको थियो। सो बैठक आज पुनः बोलाइएको हो।