© २०२३
७ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दैछ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दिउँसो ३ बजे आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारका प्रमुख उपलब्धिहरू, सुरु गरेका योजनाहरू, र हासिल भएका नतिजाहरूको बारेमा जानकारी दिनेछन्।
असार ३० गते नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन अनुसार बनेको ओली सरकारले आज १०० दिन पूरा गरेको छ। यस अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा सरकारको उपलब्धि, गरेका कार्यहरू, र आगामी योजनाहरूको खाका प्रस्तुत गर्नेछन्।
प्रगति विवरण सार्वजनिक गर्नुअघि प्रधानमन्त्री ओलीले बालुवाटारमा सत्तारुढ दलका नेताहरूसँग छलफल गरेका छन्। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका नेताहरू ईश्वर पोखरेल, शङ्कर पोखरे, विष्णु रिमाल, लोसपाका नेता महन्थ ठाकुर, शरदसिंह भण्डारी, नागरिक उन्मुक्तिका रञ्जिता श्रेष्ठ, र जनमतका सीके राउतलगायतको उपस्थिति रहेको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, आजको सम्बोधनमा ओलीले सरकारको प्रमुख उपलब्धिहरू, सुरुवात गरिएका परियोजनाहरू, र आगामी योजनाहरूको स्पष्ट खाका प्रस्तुत गर्नेछन्। यस अवसरमा उनले सरकारको आगामी रणनीति र कार्यदिशाबारे पनि चर्चा गर्ने अपेक्षा गरिएको छ।