© २०२३
३० असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेटघाट सम्पन्न भएको छ। भेटका अवसरमा दुुई देशबीचको परम्परागत मैत्री सम्बन्ध, दुुई पक्षीय हितका विविध विषयमा छलफल भएको थियो।
भेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाललगायतका अधिकारीहरू पनि सहभागी थिए। छलफलका क्रममा बाढी र पहिरोले प्रभावित भएको विपी राजमार्ग पुनः निर्माणमा जापानबाट हुन सक्ने सहयोगका विषयमा विशेष जोड दिइएको बताइएको छ।
दुुई देशबीचको ऐतिहासिक सहयोगलाई अझ प्रगाढ बनाउँदै आपसी साझेदारीलाई थप विस्तार गर्न जापानले नेपाललाई विभिन्न क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको छ।