© २०२३
२५ असोज, काठमाडौं । दशैंको अवसरमा शान्ति सुरक्षाको व्यवस्था प्रभावकारी रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले जानकारी दिएका छन्। पब्लिक सवालसँग कुरा गर्दै उनले यस वर्षको दशैंमा चोरी, लुटपाट लगायतका प्रमुख अपराधका घटनाहरू अहिलेसम्म नभएको र मुख्य चुनौती सडक दुर्घटना मात्र रहेको बताए।
प्रवक्ता कार्कीका अनुसार काठमाडौं उपत्यकासहित देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ। बस चालकहरूलाई मापसे जाँच, सवारी साधनहरूको निरीक्षण, र यात्रुहरूलाई आवश्यक सावधानी अपनाउनका लागि प्रहरी सक्रिय रहेको छ। “राजमार्ग सुरक्षा हाम्रो प्राथमिकता हो, भीडभाड हुने स्थान र मेलाहरूमा पनि उत्तिकै सुरक्षा कडाइ गरिएको छ,” उनले बताए।