© २०२३
असोज २२ काठमाडौँ । मेलम्चीको पानी आजदेखि काठमाडौंको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा पथान्तरण गरिँदै छ। सोमवार मेलम्चीका संघर्ष समिति र खानेपानी मन्त्री प्रदीप यादवबीच भएको वार्तापछि मेलम्चीको पानी काठमाडौं पठाउने सहमति जुटेको हो।
मन्त्री यादवले हेलम्बु गाउँपालिकामा पुगेर मेलम्चीका संघर्ष समिति र स्थानीय सरोकारवालासँग छलफल गरेका थिए। दसैँअघि नै काठमाडौंवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने मन्त्री यादवको प्रतिबद्धता अनुसार सोमवार मेलम्ची पुगेको टोलीले संघर्ष समिति र स्थानीयसँगको वार्ता सफलतापूर्वक सम्पन्न गरेको हो।
वार्तामा संघर्ष समितिले उठाएका जायज मागहरू सम्बोधन गर्ने सहमति भएपछि आजदेखि मेलम्चीको पानी काठमाडौं आउने प्रक्रिया सुरु भएको छ।