© २०२३
नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। शुक्रबार, सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेक हस्तान्तरण गर्यो।
सो अवसरमा प्रधानमन्त्री ओलीले विपद् सामना गर्न सबै तहका सरकार र राज्यका निकायहरूले एकताबद्ध रूपमा अगाडि बढ्नुपर्ने कुरा जोड दिए। ले सरकारको नेतृत्वमा विपद् व्यवस्थापन भइरहेको स्पष्ट पार्दै, साझा दायित्वको भावना लिएर विपत्तिका बेला सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
एमालेले असोज १५ गते बसेको सचिवालय तथा संसदीय दलको बैठकमा कोषमा ५० लाख रुपैयाँ प्रदान गर्ने र पार्टीका सांसदहरूले आफ्नो आधा महिनाको तलब समेत अलग्गै प्रदान गर्ने निर्णय गरेको थियो।
सहयोग हस्तान्तरण कार्यक्रममा गृहमन्त्री रमेश लेखक, एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, पृथ्वीसुब्बा गुरुङ, सचिव रघुबीर महासेठलगायतका अन्य एमाले नेताहरू सहभागी थिए।