© २०२३
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक विपद्ले यातायात क्षेत्रमा सिर्जना गरेको समस्याहरूको समाधानका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, यातायात मजदुर सङ्गठन र यातायात क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन्।
छलफलमा बाढीपहिरोका कारण अवरुद्ध सडक सञ्जाल, दसैँको समयमा गाउँ फर्किने जनताको समस्याहरू, यातायात व्यवसायी र मजदुरहरूले भोगिरहेका कठिनाइहरूबारे जानकारी लिँदै, दाहालले समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
यातायात क्षेत्रका पदाधिकारीहरूले मजदुर र गाडीको उद्धार, राहत व्यवस्था, र बीमा प्राप्तिमा सहयोग मागेका थिए।