© २०२३
काठमाडौं, ११ वैशाख । कतारका राजा अर्थात् अमिर शेख नमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउँदैछन् । उनको नेपाल आगमन निकै चासोका साथ हेरिएको छ । थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाने भएका छन् । उनलाई २१ तोपको सलामी पनि दिइने तय छ ।
विमानस्थलमा देशका उच्च अधिकारी सबै पुग्ने बुझिएको छ । कतारका अमिर थानीले यति ठूलो सम्मान पाउनुमा उक्त देशको नेपालमा बढ्दो चासो पनि हो ।
कतारमा नेपालका लाखौं कामदार छन् । कतारले पनि नेपालमा गैर सरकारी संस्थामार्फत् गतिविधि गरिरहेको छ ।
कतारका अमिर थानीले प्रधानमन्त्री प्रचण्डसँग बुधबार विहान भेटवार्ता गर्ने तय छन् । उनलाई नेपालले दुईवटा हात्ति उपहार दिनेछ ।