© २०२३
१७ असोज, काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित भेटका क्रममा नेपाल र बङ्गलादेशबीचको विद्यमान दुईपक्षीय सम्बन्धलाई थप सुदृढ गर्दै ऊर्जा, जलस्रोत, वातावरण लगायतका क्षेत्रमा सहकार्यलाई व्यापक बनाउने विषयमा छलफल भएको थियो।
भेटमा दुवै पक्षले आपसी हितका क्षेत्रमा सहकार्यको आवश्यकता र सम्भावनाहरूको महत्त्वलाई जोड दिनुभयो। मन्त्री हसनले बङ्गलादेशले नेपालसँग ऊर्जा र जलस्रोत क्षेत्रमा रणनीतिक साझेदारी गर्न इच्छुक रहेको जानकारी दिनुभयो। यस्तै, जलवायु परिवर्तनको चपेटामा रहेका दुबै देशहरूले वातावरणीय समस्यालाई सामूहिक रूपमा समाधान गर्नुपर्नेमा पनि जोड दिए।
भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायतको उपस्थिति थियो।
प्रधानमन्त्री ओलीले नेपाल र बङ्गलादेशबीचको ऐतिहासिक सम्बन्धलाई सुमधुर बनाउन नेपाल सधैं तयार रहेको उल्लेख गर्दै विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि दुई देशको सहकार्यलाई अघि बढाउने आशा व्यक्त गरे।
भेटघाटले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै उच्चस्तरीय छलफलहरूको निरन्तरताको आवश्यकता पनि दुवै पक्षले औँल्याएका छन्।