© २०२३
१६ असोज, काठमाडौँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौंको सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को कार्यालयमा आज छापा मारेको छ। कार्यालय खुल्नेबित्तिकै अख्तियारको टोलीले छापा हानेको र केही महत्वपूर्ण कागजात बरामद गरेको जनाइएको छ।
प्राधिकरणमा आर्थिक अनियमितताको हल्ला सडकदेखि सदनसम्म उठिरहेको थियो। यसै क्रममा पर्यटनमन्त्री बद्री प्रसाद पाण्डेले क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउने सम्बन्धमा उच्च नेतृत्वसँग परामर्श गरिरहेका बेला अख्तियारले यो छापा मारेको हो।