© २०२३
१५ असोज, सुर्खेत । कर्णाली प्रदेश सरकारले बाढीपहिरो प्रभावित नागरिकको सहयोगार्थ ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम प्रदान गर्ने निर्णय गरेको हो। यसबारेमा मुख्यमन्त्री यामलाल कँडेलका प्रमुख स्वकीय सचिव सूर्यमणि गौतमले जानकारी दिएका छन्।
शुक्रबारदेखि परेको अविरल वर्षाले मध्य र पूर्वी नेपाल बढी प्रभावित बनाएको छ। उपत्यकालगायत देशभरका विभिन्न स्थानमा बाढीपहिरोले भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै प्रदेश सरकारले उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराउने निर्णय लिएको हो।
यसका साथै, बैठकले कर्णाली प्रदेशसभाको चालु अधिवेशन १५ असोज राति १२ बजेबाट अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ।