© २०२३
१५ असोज काठमाडौँ । चाडपर्वको अवसरमा उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्यवृद्धि रोक्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ठोस कदमहरू अगाडि बढाएको बताएका छन । देश प्राकृतिक विपत्तिको सामना गरिरहेको अवस्थामा दैनिक उपभोग्य वस्तुहरूको अभावको समस्या आउन नदिन मन्त्री भण्डारीले बजारलाई पूर्ण नियन्त्रणमा राख्ने योजना अघि सारेका छन्।
दशैं र तिहारजस्ता चाडपर्वमा कुनै पनि उपभोग्य वस्तुको मूल्यवृद्धि हुन नदिने प्रतिबद्धता जनाउँदै मन्त्री भण्डारीले बजार अनुगमनलाई थप कडा बनाउने बताएका छन्। उनले छिट्टै आफैं फिल्डमा खटिएर नागरिकलाई आवश्यक सामग्रीको सहज आपूर्ति सुनिश्चित गर्ने र अनियमितता गर्नेहरूलाई कडा कारबाही गर्ने योजना अघि सारेका छन्। यसका लागि कर्मचारी संयन्त्रलाई परिचालन गरिएको छ।
मन्त्री भण्डारीले आफ्नो कार्यकालको सुरुदेखि नै बजारमा देखिएको विकृति र विसंगति न्यूनीकरणका लागि ठोस प्रयास गर्दै आएका छन्। चाडपर्वमा वस्तुको अभाव हुन नदिन र मूल्यवृद्धि नियन्त्रण गर्न उठाइएका यी कदमहरूले नागरिकलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।