© २०२३
१५ असोज काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पब्लिक सवालसँग छोटो प्रतिक्रिया दिँदै प्राकृतिक प्रकोपको चेतावनीको बाबजुद राज्यले समयमै आवश्यक सतर्कता नअपनाउँदा ठूलो जनधनको क्षति भएको बताएका छन्। प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै उनले भने, “हामी यातायात व्यवसायीहरूको मूल उद्देश्य यात्रुहरूको सुरक्षा सुनिश्चित गर्दै उनीहरूलाई सुरक्षित गन्तव्यमा पुर्याउनु हो। यस महान् दायित्वमा हामी राज्यसँग हातेमालो गर्दै २४ सै घण्टा सेवामा समर्पित छौं।” सिटौलाले पब्लिक सवाललाई धन्यवाद दिँदै थपे, “तपाईंहरूको सवालले हामीलाई अझ जागरुक बनाएको छ कि यातायात व्यवस्थापनलाई सुधार्न र सुदृढ बनाउन तत्काल आमूल परिवर्तन आवश्यक छ।” उनले मौसम विभागले समयमै चेतावनी दिएको भए पनि राज्यको प्रभावकारी तयारीको अभावका कारण करिब हजारौँ जनता प्रभावित भएकोमा गहिरो चिन्ता व्यक्त गरेका छन्।